शासनका आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ र विशेषताहरु

शासनका आधारभूत पक्षहरु: अवधारणा, सन्दर्भ र विशेषताहरु

Blogs Section Officer

शासनका आधारभूत पक्षहरु: अवधारणा, सन्दर्भ र विशेषताहरु ….

-स्मृति हमाल ठकुरी

शासन (Governance) को अर्थ र परिभाषा

राज्य संचालन गर्ने प्रकृया, विधि, पद्धति, मापदण्ड र कार्यशैली नै शासन हो ।

शासन सरकार मूख्य पात्रको रुपमा रही निजी क्षेत्र र गैरसरकारी क्षेत्रसँग सहकार्य र साझेदारीको कार्य गर्ने पद्धति हो।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा संवैधानिक निकाय गर्ने समग्र कृयाकलाप लाई समेत शासन भनिन्छ ।

शासन सार्वजनिक मामिलाहरुको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र यसका कार्यहरुको समष्टि हो ।

सन् १२१५ मा जारी Magnacarta, सन् १६८८/१६८९ मा जारी Bill of Rights , सन् १९८७ मा अमेरिकी संविधान , सन् १७८९ मा फ्रान्सेली राज्यक्रान्तिले जनताको अधिकारका साथै शासनको विकासमा जोड दिएका थिए।

शासन संविधान, कानून र नीतिको समग्रता पनि हो ।

शासनको विशेषताहरु

  • नागरिक सर्वोच्चता
  • कानूनको शासन
  • प्रतिनिधित्व प्रणाली
  • बहुउद्देश्य
  • बहुअपेक्षा
  • नागरिक अधिकारको स्थापना
  • बहुपक्षीय सम्बन्ध
  • शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन
  • नियन्त्रणात्मक शक्ति
  • निरन्तर प्रणाली
  • स्रोत साधनको शक्ति
  • बहुस्तरीय शासन
  • समाजको ऐना
  • वैधानिक सरकार
  • सरकारको भूमिका सहजकर्ताको हुने
  • विविधता व्यवस्थापन
  • मूल्य मान्यता (जस्तै लोकतान्त्रिक मूल्य मान्यता)
  • परिवर्तनशीलता
  • दृश्टिकोण
  • जनमतको कदर
  • पारदर्शिता
  • उत्तरदायित्व
  • निष्पक्षता

शासनको मूलभुत /आधारभूत पक्षहरु

राज्य

शासनको लागि राज्य आवश्यक हुन्छ ।

सरकार

सरकारले शासन प्रणालीको नेतृत्व  गर्छ।

नागरिक/जनता

शासनमा जनताको सरोकार रहन्छ । जनताको इच्छामा शासन संचालन हुन्छ ।

संविधान/कानून

राज्य/शासन संविधान र कानूनद्वारा निर्देशित हुन्छ  ।

शासकीय संरचनाहरु

राज्य संचालनको लागि शासकीय संरचनाहरु आवश्यक हुन्छन् । जस्तै मन्त्रिपरिषद्, संसद, संवैधानिक निकायहरु, क्षेत्रीय/ प्रान्तीय तह वा स्थानीय तह ।

नियन्त्रणकारी शक्ति

राज्यका गलत कृयाकलापहरु रोक्न नियन्त्रणकारी शक्ति आवश्यक हुन्छ  ।

स्रोत साधन

राज्य संचालनको लागि स्रोतसाधन आवश्यक हुन्छन् ।

अन्य  पक्ष

पारदर्शिता र उत्तरदायित्व

सदाचारिता र नैतिकता

मूल्यमान्यता

प्रकृया

नीति

व्यवस्थापन

अन्तराष्ट्रिय मान्यता र पहिचान

शासनको विशिष्ट गुणहरु

लोकतान्त्रिकरण

शासनले लोकतान्त्रिक मूल्य मान्यताको अबलम्बनमा जोड दिन्छ । जनताबाट छनौट भएका जनप्रतिनिधिहरुले शासन गर्छन् ।

राजनीतिक संरचना र राजनीतिक नेतृत्व

शासनको केन्द्र देखि स्थानीय स्तरसम्म संरचना रहन्छ । शासन राजनीतिक नेतृत्वद्वारा संचालन हुन्छ ।  

शासकीय स्वरुप

शासन अध्यक्षात्मक वा संसदीय, संघीय वा एकात्मक कस्तो हुने भनी शासनको स्वरुप स्थापना गरिएको हुन्छ ।

बहुपात्रको उपस्थिति

सरकारले शासनको नेतृत्व मात्र गर्छ । निजी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, स्थानीय तह, समुदाय लगायतले अनौपचारिक संयन्त्रहरुको शासनमा प्रभाव, दबाब र भूमिका रहन्छ । 

नियन्त्रणात्मक शक्ति

शासनसँग राज्यको गलत कृयाकलापहरुलाई रोक्न, शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न नियन्त्रणात्मक शक्ति हुन्छ ।

स्रोतसाधनको शक्ति

शासनसँग राज्यको स्रोत साधन परिचालन गर्ने सामर्ध्य हुन्छ ।

शासनको विकासक्रम

  • सन् १२१५ मा जारी Magnacarta, सन् १६८८/१६८९ मा जारी Bill of Rights , सन् १९८७ मा अमेरिकी संविधान , सन् १७८९ मा फ्रान्सेली राज्यक्रान्तिले जनताको अधिकारका साथै शासनको विकासमा जोड दिएका ।
  • १८ औं शताब्दीको अन्त्यतिर औद्यौगिक क्रान्तिसँगै निजी क्षेत्रको शासनको अवधारणा आयो ।
  • सन् १९४५ मा UN  को स्थापना सँगै बहुस्तरीय शासनमा जोड भयो ।
  • सन् १९८० मा उदारीकरण र निजीकरणको मान्यता, सन् १९९० को दशकमा NPM र सन् २००२ मा NPS को मान्यता विकास विकास भयो ।
  • सन् १९९० कै दशकमा विद्युतीय शासन, लोकतान्त्रिक शासन प्रणालीको विस्तार भयो ।
  • हाल सुशासन, Smart Governance, Ethical governance, सहकारितामूलक शासन, सहभागितामूलक शासन, समावेशी सासन, अनौपचारिक शासन सँगै सरकारको भूमिका सहजकर्ता, प्रवर्द्धक, नियामक र अनुगमनकर्ताको रुपमा सीमित भएको छ ।

शासनको अवधारणा

शासनको अवधारणा राज्यको उत्पत्ति सँगै शुरु भएको हो । राज्य संचालन गर्ने प्रकृया, विधि, पद्धति, मापदण्ड र कार्यशैली नै शासन हो । सन् १२१५ मा जारी Magnacarta, सन् १६८८/१६८९ मा जारी Bill of Rights , सन् १९८७ मा अमेरिकी संविधान , सन् १७८९ मा फ्रान्सेली राज्यक्रान्तिले जनताको अधिकारका साथै शासनको विकासमा जोड दिएका थिए । 

शासनको परम्परागत अवधारणा

  • राज्य/शासन सञ्चालनको आधार धार्मिक ग्रन्थ वा दर्शन हुन्थ्यो ।
  • शासनले जनतालाई नियन्त्रण गर्नु, निर्देशित गर्नु भन्ने मान्यता ।
  • शासनको कार्य देशमा शान्ति सुरक्षा कायम गर्नु, कर उठाउनु भन्ने हुन्थ्यो ।
  • शासक र शासित दुई वर्ग हुन्थ्यो ।

शासनको आधुनिक अवधारणा

  • शासन संचालनको आधार संविधान, ऐन, नियम, कानून हुन्छ ।
  • जनताको इच्छा/हितलाई केन्द्रविन्दुमा राखी उनीहरुको इच्छामा जनप्रतिनिधिले शासन गर्ने मान्यता।
  • राज्यले कल्याणकारी, कुटनीतिक, नियमित, आकस्मिक, विकासात्मक लगायत सेवा प्रवाहको कार्य गर्ने कार्य शासन हो भन्ने मान्यता।
  • शासक र शासित बीच वर्ग विभाजन हुँदैन ।

हालका दिनमा विद्युतीय शासन, सुशासन, समावेशीकरण , Smart Governance, Ethical governance, सहकारितामूलक शासन, सहभागितामूलक शासन, समावेशी सासन,साझेदारी शासन, अनौपचारिक शासन सँगै सरकारको भूमिका सहजकर्ता, प्रवर्द्धक, नियामक र अनुगमनकर्ताको रुपमा सिमीत भएको छ ।

शासन र सरकारबीचको भिन्नता

शासनसरकार  
शासन राज्य संचालन गर्ने विधि, पद्धति, प्रकृया, मापदण्ड र कार्यशैली हो । जस्तै लोकतान्त्रिक शासन, निरंकुश शासनशासन/राज्य संचालनको मूख्य कर्ता सरकार हो । जस्तै, एकात्मक सरकार, संघात्मक सरकार
InvisibleVisible
FlexibleRigid
Multilayer NetworkSingle Layer Network
It adopts soft policy instruments.It adopts hard policy instruments.
Informal प्रकृतिको हुन्छ ।Formal  प्रकृतिको हुन्छ ।
सरकार भन्दा व्यापक र विस्तृत कार्यक्षेत्र हुन्छ ।उद्देश्य, लक्ष्य र दृष्टिकोण  सिमीत हुन्छ ।
लामो अवधिको हुन्छ ।छोटो अवधिको हुन्छ ।
परिवर्तन हुन समय लाग्नेपरिवर्तनशील
राजनीतिक दर्शनको प्रभाव रहदैंन ।राजनीतिक दर्शनको प्रभाव रहन्छ ।
सार्वजनिक, निजी लगायत अन्य क्षेत्रहरुलाई समेट्छ।सार्वजनिक क्षेत्रको शासन ।
क्रान्ति वा आन्दोलनबाट परिवर्तन हुन्छ ।सामान्य प्रकृया जस्तै election, constitutional process  बाट परिवर्तन हुन्छ ।

सरकार र शासन बीचको सम्बन्ध

सरकारले शासनमा पुर्याउने योगदान

  • राम्रो सरकारले राम्रा plan, budget, policies, programs  ल्याउँछ र effectively implementation गर्छ ।
  • राम्रो सरकारले प्रभावकारी अनुगमन मूल्याङ्कन गर्छ ।
  • स्रोत साधनको परिचालनमा economy, efficiency  र effectiveness  कायम गर्छ ।
  • राम्रो सरकारले  प्रवर्द्धक, उत्परेक, समन्वयकर्ता, सहजकर्ता, अनुगमन मूल्याङ्कन र वातावरण निर्माणकर्ताको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्छ  ।
  • राम्रो सरकारले शासनका अन्य पात्रहरुलाई प्रोत्साहन र प्रभावकारी परिचालन गर्छ ।
  • सरकारले शासनलाई Drive गर्छ, शासनलाई उत्कृष्ट बनाउँछ ।

शासनले सरकार निर्माणमा पुर्याउने योगदान

  • लोकतान्त्रिक मूल्य मान्यताको अबलम्बन भई लोकतन्त्रको प्रवर्दन गर्छ ।
  • लोकतान्त्रिक शासन प्रणालीमा जननिर्वाचित सरकार बन्छ, सरकार हट्ने लोकतान्त्रिक विधि हुन्छ ।
  • राम्रो शासनमा जनताको voice, choice  र right  को सम्बोधन हुन्छ ।
  • शासन राम्रो भयो भने सरकार राम्रो हुन्छ र शासन निरकुंश भयो भने सरकार निरकुंश हुन्छ ।

समतामूलक सम्बन्ध

  • दुवैले सुशासन प्रवर्द्धन गर्छन् ।
  • दुवैले असल राज्य निर्माण र राष्ट्र निर्माणमा योगदान गर्छन् ।
  • राम्रो सरकार र उत्कृष्ट शासनले लोकतन्त्रको संस्थागत विकास हुन्छ ।

शासनको नवीनतम प्रवृतिहरु

उत्तरदायी शासन

शासन जनताप्रति उत्तरदायी हुन्छ । जनताको माग र आवश्यकतालाई शासनले सम्बोधन गर्नुपर्छ ।

पारदर्शी शासन

शासन खुला र पारदर्शी हुनुपर्छ । कानून बमोजिम गोप्य राख्नै पर्ने बाहेक अन्य कृयाकलाप खुला गर्नुपर्छ । शासन predictable, visible  र understandable हुनुपर्छ ।

राजनीतिक Vs आर्थिक शासन

आजको विश्वमा राजनीतिक सम्बन्धले मात्र नभई आर्थिक सम्बन्धले शासनमा प्रभाव पार्छ ।जस्तै America  र  China

बहुस्तरीय शासन

सरकारले शासनको नेतृत्व मात्र गर्छ । निजी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, स्थानीय तह, समुदाय लगायतले अनौपचारिक संयन्त्रहरुले शासनमा प्रभाव, दबाब र भूमिका सिर्जना गर्छ ।

सुशासन

कानूनको शासन, पारदर्शिता, जनसहभागिता, उत्तरदायित्व आदिलाई शासनले जोड दिन्छ ।

Smart Governance

  • E-governance  लाई महत्व ।
  • शासन Dynamic र Dedicated  हुनुपर्छ ।
  • Proactive, planned र situational  हुन जरुरी छ ।

सहभागितामूक, साझेदारी, सहकारितामूलक शासन

Inclusive शासन

Ethical governance

Leave a Reply

Your email address will not be published. Required fields are marked *